पाल्पामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते
प्रकाशित मिति: मंगलबार, बैशाख ०८, २०८३ | १८:१३:०८
चितवन, ०८ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रैनादेवी छहरा–४ छहरा अमलाबासका विशाल रानाको दुर्घटनामा ज्यान गएको हो। भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका रानालाई उपचारका लागि तानसेनस्थित मिसन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा ट्याक्टर चालक अमलाबासकै चन्द्रबहादुर बगाले घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०८, २०८३ |
१८:१३:०८
177
























