गृहमन्त्री गुरुङको राजीनामा ‘सकारात्मक कदम’ : प्रचण्ड
प्रकाशित मिति: बुधबार, बैशाख ०९, २०८३ | १८:१९:१५
चितवन, ०९ बैशाख । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदम बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले गुरुङले राजीनामा दिएर उचित निर्णय गरेको प्रतिक्रिया दिएका हुन्। गृहमन्त्रीको राजीनामाबारे सोधिएको प्रश्नमा उनले संक्षिप्त रूपमा भने, “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।”
अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको सम्बन्धबारे प्रश्न उठेपछि गुरुङले बुधबार पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति : बुधबार, बैशाख ०९, २०८३ |
१८:१९:१५
551

























