वैशाख १७ गते संघीय संसद् अधिवेशन आह्वान, बजेट केन्द्रित छलफल हुने
प्रकाशित मिति: बुधबार, बैशाख ०९, २०८३ | १८:५७:१९
चितवन, ०९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार वैशाख १७ गते बिहीबार दिउँसो २ बजे दुवै सदनको बैठक बस्ने गरी अधिवेशन बोलाइएको हो।
संविधानको धारा ९३ अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्न सक्ने व्यवस्था छ। यसअघि चैत १८ गते राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए।
यो अधिवेशन मुख्य रूपमा बजेट केन्द्रित हुने भएको छ। जेठ १५ भित्र संसद्बाट बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट पारित अघि सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतामाथि संसद्मा प्रि–बजेट छलफल हुने छ।
प्रकाशित मिति : बुधबार, बैशाख ०९, २०८३ |
१८:५७:१९
309

























