दशरथ रंगशालामा २३ परिवारको विवरण संकलन, सुकुम्बासी आउने क्रम जारी
प्रकाशित मिति: शनिबार, बैशाख १२, २०८३ | १६:२६:३६
चितवन,१२ बैशाख । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुम्बासी परिवारको विवरण संकलन गरिएको छ।
उपत्यका विकास प्राधिकरणले त्यहाँ पुगेका व्यक्तिहरूको तथ्यांक संकलन गरिरहेको छ भने थापाथली र गैरीगाउँबाट आउने क्रम अझै जारी रहेको छ।
होल्डिङ सेन्टरमा बसोबास गर्नेहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन्।
यस क्रममा थापाथली बस्ती खाली गराउँदा घरवारविहीन बनेका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा सारिएको छ भने परिवारसँग छुटिएका ८ जना रंगशालामै बसिरहेका छन्।
प्रकाशित मिति : शनिबार, बैशाख १२, २०८३ |
१६:२६:३६
353
























