बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउन अभियान सुरु
प्रकाशित मिति: आइतबार, बैशाख १३, २०८३ | १३:५२:४३
चितवन,१३ बैशाख । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि रहेको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु गरिएको छ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको उक्त जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालतलाई भोगाधिकार दिइएको थियो।
साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउने काम सुरु भएको हो।
शनिबार साँझ माइकिङमार्फत सूचना जारी गर्दै बुटवल उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो।
उक्त क्षेत्रमा रहेका बुटवल बार एशोसिएसन र प्रदेश प्रमुखको कार्यालयलगायतका संरचनाबारे पनि अनुसन्धान भइरहेको वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए।
प्रकाशित मिति : आइतबार, बैशाख १३, २०८३ |
१३:५२:४३
155
























