आइतबार सुनको मूल्यमा २७ सय रुपैयाँ वृद्धि
प्रकाशित मिति: आइतबार, बैशाख १३, २०८३ | १४:२०:३९
चितवन,१३ बैशाख । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ तोकिएको छ।
गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख १३, २०८३ |
१४:२०:३९
67
























