सुन–चाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०८३ | १२:४७:०१
चितवन, १४ बैशाख । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले वृद्धि भई ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख १४, २०८३ |
१२:४७:०१
221























