त्रिवि क्रिकेट मैदान नभत्काइने, नयाँ लिज सम्झौता गरिने: मन्त्री पोखरेल
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०८३ | १६:२७:५९
चितवन, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेका छन्। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन्।
लिज सम्झौता सकिएकै कारण विषय उठेको बताउँदै मन्त्री पोखरेलले सोमबार बिहान त्रिविका पदाधिकारीसँग छलफल भएको जानकारी दिए। ‘खाली गराउने कुनै उद्देश्य होइन, लिज सकिएकाले अब नयाँ सम्झौता गरिन्छ,’ उनले बताए।
प्रकाशित मिति : सोमबार, बैशाख १४, २०८३ |
१६:२७:५९
441


























