सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: बुधबार, बैशाख १६, २०८३ | १२:३७:५९
चितवन , १६ वैशाख । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३ |
१२:३७:५९
155























