चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदानमा ८.२ किमी सडक निर्माण हुने
प्रकाशित मिति: बुधबार, बैशाख १६, २०८३ | १४:४८:३८
चितवन, १६ वैशाख । चक्रपथ विस्तार परियोजनाको दोस्रो चरणका लागि नेपाल र चीनबीच सहायता सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
आज भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिङबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
यसअघि सन् २०१९ देखि सुरु भएको पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार कार्य सम्पन्न भइसकेको छ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा कुनै समस्या आए तत्काल समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३ |
१४:४८:३८
287























