प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आन्तरिक उडानमा ढिलाइ
प्रकाशित मिति: बुधबार, बैशाख १६, २०८३ | १८:१८:०९
चितवन, १६ वैशाख । प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि देशभर हवाई उडान प्रभावित बनेको छ। काठमाडौँसहित विभिन्न स्थानमा खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरूमा अवरोध आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन्।
हाल सिमरा, पोखरा, विराटनगर र भैरहवातर्फका उडानहरू ढिलाइ भइरहेका छन्। साथै, अन्तरराष्ट्रिय उडानतर्फ पनि केही जहाजहरू अवतरण गर्न नसकी आकाशमै ‘होल्ड’ अवस्थामा रहेको विमानस्थल कार्यालयले जनाएको छ।
मौसममा सुधार आएपछि उडानहरू क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३ |
१८:१८:०९
507


























