रवि लामिछाने प्रकरणमा सर्वोच्चको सुनुवाइ स्थगित
प्रकाशित मिति: बिहिबार, बैशाख १७, २०८३ | १६:२७:२८
चितवन, १७ वैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग गर्दै दायर रिटमाथिको सुनुवाइ स्थगित गरिएको छ । उक्त रिट आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशीमा राखिएको थियो ।
सुनुवाइका लागि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको भए पनि विपक्षीका तर्फबाट स्थगन भएपछि सुनुवाइ हुन सकेन ।
यसअघि गत चैत १५ गते न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले संवैधानिक जटिलतासहितका आठ बुँदामा व्याख्या आवश्यक रहेको भन्दै रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
प्रकाशित मिति : बिहिबार, बैशाख १७, २०८३ |
१६:२७:२८
89





















