‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ प्रधानमन्त्री शाह
प्रकाशित मिति: शुक्रबार, बैशाख १८, २०८३ | १५:००:४९
चितवन , १८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा सन्देश दिँदै साँचो क्रान्ति ज्ञानबाट सुरु हुने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले ‘ज्ञ’ लाई ज्ञानसँग जोड्दै परिवर्तनका लागि चेतना आवश्यक हुने बताउनुभयो।
प्रधानमन्त्री शाहले बुद्धको शिक्षाले मानव जीवनलाई दुःखबाट मुक्त गराउने मार्ग देखाएको उल्लेख गर्दै ज्ञानको उज्यालोतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले यस अवसरमा सम्पूर्ण विश्वमा शान्तिको कामना समेत गर्नुभएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३ |
१५:००:४९
243





















