रक्सौल बजार सुनसान, वीरगञ्जमा व्यापार बढ्यो
प्रकाशित मिति: शनिबार, बैशाख १९, २०८३ | १४:५७:२०
चितवन , १९ बैशाख । सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान देखिएको छ। भन्सार जाँचमा सरकारले कडाइ गरेपछि किनमेलका लागि सीमा पार गर्ने नेपालीको संख्या घट्दा बजार सुस्ताएको हो।
यसअघि पर्सा, सिमरा, हेटौँडा र चितवनसम्मका उपभोक्ता किनमेलका लागि रक्सौल जाने गर्थे। तर हाल कडाइका कारण वीरगञ्जका बजारमा ग्राहकको चहलपहल बढ्न थालेको स्थानीय व्यवसायी बताउँछन्।
व्यवसायीका अनुसार भन्सार कडाइपछि व्यापारमा उल्लेखनीय सुधार देखिएको छ र ग्राहक पुनः स्थानीय बजारतर्फ फर्किएका छन्।
प्रकाशित मिति : शनिबार, बैशाख १९, २०८३ |
१४:५७:२०
199





















