काठमाडौँ उपत्यकामा नदी किनारका अतिक्रमित बस्ती हटाउने अभियान जारी
प्रकाशित मिति: शनिबार, बैशाख १९, २०८३ | १५:०३:५८
चितवन , १९ बैशाख । काठमाडौँ उपत्यकामा बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य निरन्तर जारी रहेको छ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा शनिबार पनि बालाजु क्षेत्रमा विष्णुमति र धोबीखोला किनारका घरटहरा हटाइएको छ।
अधिकारीहरूका अनुसार स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क र देवीनगर क्षेत्रमा अवैध संरचना हटाउने अभियान अघि बढिरहेको छ। हालसम्म उपत्यकामा करिब दुई हजार अवैध घरटहरा हटाइसकिएको जनाइएको छ।
प्रकाशित मिति : शनिबार, बैशाख १९, २०८३ |
१५:०३:५८
23





















