रास्वपाबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ पास अनिवार्य
चितवन , २० बैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने निर्णय गरिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो व्यवस्था गरेको हो। पार्टीका प्रवक्ता मनिष झा का अनुसार उम्मेदवार बन्न इच्छुक सदस्यले तोकिएको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विपिनकुमार आचार्य को संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो।
उक्त समितिले तयार पारेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछाने लाई बैठकमै हस्तान्तरण गरिएको छ।






















