रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतबाट सफाइ
प्रकाशित मिति: आइतबार, बैशाख २०, २०८३ | १६:५२:००
चितवन , २० बैशाख । रामबहादुर बमजन लाई सम्पत्ति शुद्धीकरणको आरोपमा जिल्ला अदालत सर्लाहीले सफाइ दिएको छ। गत ८ वैशाखमा न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले सरकारी वकिलको दाबी पुष्टि हुन नसकेको भन्दै उनलाई दोषी ठहर गर्न अस्वीकार गरेको हो।
बमजनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। उनी यसअघि सोही मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका थिए।
यसैबीच, उनीविरुद्धको बाल यौन दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। उच्च अदालतबाट सफाइ पाएपछि उक्त मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
प्रकाशित मिति : आइतबार, बैशाख २०, २०८३ |
१६:५२:००
375


























