सेयर बजारमा गिरावट, नेप्से ३९.२७ अंकले घट्यो
प्रकाशित मिति: सोमबार, बैशाख २१, २०८३ | १७:४०:३३
चितवन, २१ बैशाख । आज सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ३९.२७ अंक (१.४३ प्रतिशत) ले घटेर २६९९.४४ विन्दुमा पुगेको छ।
बजार घटेसँगै कारोबार रकम पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज त्यो घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ। आज कुल ९५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएका छन्।
२६९ कम्पनीमध्ये १७ कम्पनीको सेयर मूल्य मात्र बढेको छ भने २५२ कम्पनीको मूल्य घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी सबैभन्दा अगाडि रहेको छ, जसको ३१ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, नेपाल हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी र एनआईसी एशिया बैंक पनि बढी कारोबार हुने कम्पनीहरूमा परेका छन्।
प्रकाशित मिति : सोमबार, बैशाख २१, २०८३ |
१७:४०:३३
551
























