कीर्तिपुरमा धारिलो हतियार प्रहारबाट युवकको हत्या, आरोपितको पहिचान खुल्यो
प्रकाशित मिति: बुधबार, बैशाख २३, २०८३ | १८:०२:२५
चितवन, २३ बैशाख । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेमाथि आज दिउँसो आक्रमण भएको हो। गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हतियार प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको छ र उनलाई चाँडै नियन्त्रणमा लिने तयारी भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा साथीहरूबीचको विवादका कारण घटना भएको खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३ |
१८:०२:२५
397

























