सस्मित पोखरेल : वाचापत्रअनुसार विद्यार्थी सङ्गठन खारेज गरियो
प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०८३ | १७:०७:१८
चितवन, २५ बैशाख । सस्मित पोखरेल ले विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय सरकारको चुनावी वाचापत्रअनुसार गरिएको बताउनुभएको छ ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनअघि वाचापत्रबारे व्यापक छलफल भइसकेको र जनताले त्यसलाई अनुमोदन गरिसकेको भन्दै यस विषयमा थप बहस आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले विद्यालयहरूले तोकिएकोभन्दा बढी भर्ना तथा वार्षिक शुल्क लिएको गुनासो आएको पनि बताउनुभयो । यस विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल गरिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५, २०८३ |
१७:०७:१८
331

























