नेपालमा यस वर्ष कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण
प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०८३ | १७:४९:२१
चितवन, २५ बैशाख । जल तथा मौसम विज्ञान विभाग ले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।
विभागले राष्ट्रिय मनसुन फोरममार्फत सार्वजनिक गरेको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुन अवधिमा तापक्रम भने सरदरभन्दा बढी रहने सम्भावना छ ।
मौसमविद् सुदर्शन हुमागाईँ का अनुसार विश्व मौसम सङ्गठन तथा विभिन्न अन्तरराष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको आकलन गरिएको हो । एल–निनो र हिन्द महासागरको अवस्थालाई समेत अध्ययनमा समेटिएको विभागले जनाएको छ ।
विभागले विशेषगरी कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा कम वर्षाको सम्भावना बढी रहेको जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५, २०८३ |
१७:४९:२१
331


























