One UI 8.5 पुराना ग्यालेक्सी डिभाइसमा पनि उपलब्ध
प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०८३ | १७:५९:०१
चितवन, २५ बैशाख । Samsung ले आफ्नो नयाँ अपरेटिङ सिस्टम One UI 8.5 को स्टेबल अपडेट पुराना ग्यालेक्सी डिभाइसमा समेत उपलब्ध गराउन सुरु गरेको छ ।
चार महिनाको बेटा परीक्षणपछि सार्वजनिक गरिएको यो अपडेट पहिलो चरणमा ग्यालेक्सी एस२५ सिरिजका प्रयोगकर्ताले प्राप्त गर्नेछन् । त्यसपछि क्रमशः ग्यालेक्सी एस२४, जेड फोल्ड ७, जेड फ्लिप ७, जेड फोल्ड ६, जेड फ्लिप ६ तथा ट्याब एस११ र एस१० सिरिजमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ अपडेटमा विशेषगरी ग्यालेक्सी एआईसँग सम्बन्धित नयाँ फिचर थपिएका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५, २०८३ |
१७:५९:०१
155


























