गुगल शिट र एक्सलका लागि आयो नयाँ ChatGPT एक्सटेन्सन
प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०८३ | १८:०२:११
चितवन, २५ बैशाख । ChatGPT अब Google Sheets र Microsoft Excel मा सिधै प्रयोग गर्न सकिने भएको छ । ओपनएआईले नयाँ एक्सटेन्सन सार्वजनिक गर्दै प्रयोगकर्ताले स्प्रेडशिट नछोडीकनै च्याटजीपीटी प्रयोग गर्न सक्ने जनाएको हो ।
‘जीपीटी–५.५’ प्रविधिमा आधारित यो सुविधाले डेटा विश्लेषण, फर्मुला लेख्ने, स्प्रेडशिट अपडेट गर्ने तथा अव्यवस्थित डेटा व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
यसबाट प्रयोगकर्ताले विभिन्न ट्याबबाट आवश्यक जानकारी निकाल्न, त्रुटि पहिचान गर्न र रियल–टाइममा शिट अपडेट गर्न सक्नेछन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५, २०८३ |
१८:०२:११
89


























