प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र साउदी राजदूतद्वारा नेपाली हज यात्रीलाई बिदाइ
प्रकाशित मिति: शनिबार, बैशाख २६, २०८३ | ११:५८:३३
चितवन, २६ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह तथा नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले पवित्र हज यात्राका लागि मक्का जान लागेका नेपाली हज यात्रीहरूको टोलीलाई आज बिदाइ गर्नुभएको छ ।
बिदाइ कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरेबियाबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै, हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई सफल, सुरक्षित र मङ्गलमय यात्राको शुभकामना दिनुभयो ।
उहाँहरूले हजलाई इस्लाम धर्मावलम्बीहरूको गहिरो आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीकका रूपमा उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन तथा सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
प्रकाशित मिति : शनिबार, बैशाख २६, २०८३ |
११:५८:३३
67




















