सरकारले जी–क्लाउड र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिने
प्रकाशित मिति: सोमबार, बैशाख २८, २०८३ | १८:०४:४४
चितवन, २८ बैशाख । सरकारले ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति Ramchandra Paudelले जी–क्लाउड र डाटा नीतिको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गरिने जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद प्रणाली, अन्तरसञ्चालन मापदण्ड तथा सरकारी क्लाउड पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै डाटा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगमार्फत नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २८, २०८३ |
१८:०४:४४
177
























