प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
प्रकाशित मिति: बिहिबार, बैशाख ३१, २०८३ | १०:४५:५६
चितवन, ३१ बैशाख । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बुधबारको बैठक भने नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
आजको सम्भावित कार्यसूचीअनुसार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यस अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पनि प्रस्तुत हुने तयारी छ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्नेछ । उक्त बैठकमा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ३१, २०८३ |
१०:४५:५६
155






















