क्यामेरा र फास्ट चार्जिङसहित भिभो भी७० एफई बिक्री सुरु
चितवन, ३१ बैशाख । स्मार्टफोन ब्रान्ड vivo ले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन vivo V70 FE सार्वजनिक गरेको छ ।
२०० मेगापिक्सेलको मुख्य क्यामेरा र ७००० एमएएच ब्याट्री यस फोनका प्रमुख विशेषता हुन् ।
कम्पनीका अनुसार बिहीबारदेखि यो स्मार्टफोन देशभरका भिभो रिटेल स्टोर तथा Daraz मार्फत बिक्री सुरु गरिएको हो ।
यात्रा र फोटोग्राफीमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको फोनमा ओआईएस प्रविधिसहितको २०० मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । सेल्फीका लागि ३२ मेगापिक्सेलको एचडी क्यामेरा उपलब्ध छ ।
फोनमा एआई म्याजिक ल्याण्डस्केप, अरोरा इफेक्ट र एआई म्याजिक वेदरजस्ता फिचर समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, मिडियाटेक डाइमेन्सिटी ७३६०-टर्बो प्रोसेसर, १.५के एमोलेड डिस्प्ले र आईपी६८/आईपी६९ रेटिङ पनि दिइएको छ ।
नेपाली बजारमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ तथा १२ जीबी र्याम भेरियन्टको मूल्य ७२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।





















