गल्ती प्रमाणित भए सरकारले मलाई पनि छाड्दैन : सुधन गुरुङ
प्रकाशित मिति: शनिबार, जेठ ०२, २०८३ | १३:३७:०१
चितवन, ०२ जेठ । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूबाट कुनै गल्ती प्रमाणित भए वर्तमान सरकारले आफूलाई पनि नजोगाउने बताएका छन्।
आफूमाथि छानबिन समिति गठन भइसकेको उल्लेख गर्दै उनले सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको बताए। गुरुङले आफूले कुनै गलत काम नगरेको दाबी पनि गरे।
उनका अनुसार समिति गठन हुनुअघि नै दलका शीर्ष नेताहरूले “कुनै गलत काम त छैन नि ?” भन्दै आफूलाई सोधपुछ गरेका थिए।
गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। आफ्नै श्रममन्त्रीलाई नछाड्ने सरकारले मलाई पनि कुनै हालतमा छाड्दैन। पहिलेका दलहरूजस्तो म्यानिपुलेट गरेर जोगाउने काम हुँदैन। नेताहरूले गल्ती गरे कारबाही हुन्छ भनेर पहिल्यै स्पष्ट गरिसकेका छन्। म ढुक्क छु, किनकि मैले कुनै गलत काम गरेको छैन।”
प्रकाशित मिति : शनिबार, जेठ ०२, २०८३ |
१३:३७:०१
133



















