संसदमा पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन
प्रकाशित मिति: सोमबार, जेठ ०४, २०८३ | १४:५८:१०
चितवन, ०४ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार उपयुक्त नभएको बताएका छन्।
आज श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा अगाडि आएर पर्चा प्रदर्शन गरेपछि सभामुख अर्यालले संसदको नियमावलीमा यस्तो व्यवस्था नरहेको स्पष्ट पारे।
उनले विरोधका विभिन्न शैली हुने उल्लेख गर्दै मर्यादाभित्र रहेर आफ्नो असहमति राख्न सांसदहरूलाई निर्देशन दिए। सभामुख अर्यालले भने, “विरोध गर्ने विभिन्न शैली हुन्छन्। मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु। अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला।”
श्रम संस्कृति पार्टीका सांसदहरूले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा प्रदर्शन गरेका थिए।
प्रकाशित मिति : सोमबार, जेठ ०४, २०८३ |
१४:५८:१०
111





















