प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न, निर्णय आजै आउने
प्रकाशित मिति: मंगलबार, जेठ ०५, २०८३ | १६:०८:२२
चितवन, ०५ जेठ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ।
मंगलबार बसेको सुनुवाइमा संसदीय समितिका सदस्यहरूले शर्मासँग विभिन्न विषयमा प्रश्न गरेका थिए। उनले सबै प्रश्नहरूको जवाफ दिएपछि समिति सभापति बोधनारायण श्रेष्ठले थप प्रश्न वा जिज्ञासाका लागि समय दिएका थिए।
तर सदस्यहरूबाट कुनै पूरक प्रश्न नआएपछि सभापति श्रेष्ठले सुनुवाइ प्रक्रिया समाप्त भएको घोषणा गरे।
समितिले आजै केही समयपछि आफ्नो निर्णय सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित मिति : मंगलबार, जेठ ०५, २०८३ |
१६:०८:२२
199























