अधिकारकर्मी रूबी खानको २३ दिने अनशन अन्त्य, सरकारसँग पाँचबुँदे सहमति
प्रकाशित मिति: बुधबार, जेठ ०६, २०८३ | १७:५८:२७
चितवन, ०६ जेठ । निर्मला कुर्मी प्रकरणको निष्पक्ष अनुसन्धानको माग गर्दै लामो समयदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारबीच अन्ततः पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो २३ औँ दिनको अनशन समाप्त गर्नुभएको हो ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका प्रतिनिधिहरूले खानसँग निरन्तर वार्ता गरेपछि सहमति जुटेको हो । सहमतिपत्रमा निर्मला कुर्मीको मुद्दालाई शीघ्र न्यायिक प्रक्रियामा लैजाने, अन्य घटनाको छानबिन गर्ने तथा दोषी प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गर्ने विषय समावेश गरिएको छ ।
त्यसैगरी, आन्दोलनरत महिला अधिकारकर्मीहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको छ । सहमतिपत्रमा विभिन्न मानव अधिकार तथा महिला अधिकार संस्थाका प्रतिनिधिहरू रोहवर बसेका छन् ।
प्रकाशित मिति : बुधबार, जेठ ०६, २०८३ |
१७:५८:२७
221


























