अमेरिकाद्वारा स्कटल्याण्ड ६ विकेटले पराजित
प्रकाशित मिति: बुधबार, जेठ ०६, २०८३ | १८:१५:४८
चितवन, ०६ जेठ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले १७० रनको लक्ष्य २७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका लागि स्मित पटेल र शाहन जाहाँगिरले समान ३७ रन बनाए भने कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन जोडे । मिलिन्द कुमार २४ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४३.३ ओभरमा १६९ रनमा समेटिएको थियो । मार्क वाटले सर्वाधिक ६६ रन बनाए । अमेरिकाका रुशिल उगारकरले चार विकेट लिँदा सौरभ नेत्रावलकरले तीन विकेट हात पारे ।
प्रकाशित मिति : बुधबार, जेठ ०६, २०८३ |
१८:१५:४८
133


























