सेयर बजारमा हरियाली, नेप्से ३० अंकले बढ्यो
चितवन, ०६ जेठ । आज सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७५४.४८ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको थियो ।
बुधबार ३४६ कम्पनीको कारोबार भएकोमा २४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ ।
आज कुल तीन अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ६ लाख ४० हजार ५०८ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीमा अपर लोहोर खोला हाइड्रोपावर, माउन्टेन्ट हाइड्रोपावर, बुंगल हाइड्रोपावर, शिखर पावर लिमिटेड र सिटी होटल लिमिटेड रहेका छन् । तीमध्ये अपर लोहोर खोला हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशत सकारात्मक सर्किट लागेको छ ।


























