नेप्से ६.५१ अंकले घट्यो, २.७२ अर्बभन्दा बढीको कारोबार
प्रकाशित मिति: मंगलबार, जेठ ०५, २०८३ | १६:०९:५२
चितवन, ०५ जेठ । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.५१ अंकले घट्दै २७२४.३९ विन्दुमा झरेको हो।
यस दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। १२ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
मंगलबार कुल ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ४५ हजार ५१९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रकाशित मिति : मंगलबार, जेठ ०५, २०८३ |
१६:०९:५२
89























