चीन र स्विटजरल्यान्डको अनुदान स्वीकार गर्ने सरकारको निर्णय
प्रकाशित मिति: मंगलबार, जेठ ०५, २०८३ | १८:४५:५२
चितवन, ०५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
त्यस्तै, नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विटजरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्यांक अनुदान स्वीकार गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, जेठ ०५, २०८३ |
१८:४५:५२
243
























