प्लेकार्ड प्रदर्शनपछि श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको चेतावनी
प्रकाशित मिति: बुधबार, जेठ ०६, २०८३ | १२:३६:३२
चितवन, ०६ जेठ । सभामुख डोलप्रसाद अर्यालले संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड प्रदर्शन गरेको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूलाई व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० उल्लेख गर्दै सांसदहरूलाई आफ्नो क्रियाकलाप सुधार्न निर्देशन दिएका हुन् ।
सभामुखको चेतावनीपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ कार्यान्वयन गराइएको हो कि होइन भनेर प्रश्न उठाएका थिए ।
प्रकाशित मिति : बुधबार, जेठ ०६, २०८३ |
१२:३६:३२
243






















