दुर्गा प्रसाईं पक्राउ प्रकरणमा सर्वोच्चको चासो, पक्राउको कारण पेश गर्न आदेश
प्रकाशित मिति: बुधबार, जेठ ०६, २०८३ | १८:२६:५३
चितवन, ०६ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण स्पष्ट पार्न आदेश दिएको छ ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले जिल्ला प्रहरी कार्यालय पर्सासहित सम्बन्धित निकायलाई बाटाको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
साथै, आगामी सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयका वकिलमार्फत प्रसाईंमाथि भइरहेको अनुसन्धानसम्बन्धी फाइल समेत पेश गर्न अदालतले आदेश दिएको छ । दुर्गा प्रसाईं सोमबार राति पक्राउ परेका थिए ।
प्रकाशित मिति : बुधबार, जेठ ०६, २०८३ |
१८:२६:५३
353



























