सुलभ अग्रवाल स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना
प्रकाशित मिति: बिहिबार, जेठ ०७, २०८३ | १७:३९:०१
चितवन, ०७ जेठ । सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालका अनुसार चिकित्सकहरूको सल्लाहअनुसार उनलाई अस्पतालमा भर्ना गरिएको हो।
ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई केही दिनअघि त्यहाँबाट स्थानान्तरण गरिएको थियो र तीन दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको हो।
शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ गते विभागले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति : बिहिबार, जेठ ०७, २०८३ |
१७:३९:०१
155


























