प्रतिपक्षीको नाराबाजीबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
प्रकाशित मिति: बिहिबार, जेठ ०७, २०८३ | १८:३४:४२
चितवन, ०७ जेठ । प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ।
प्रतिपक्षी दलहरूको नाराबाजी जारी रहेका बेला उक्त विधेयक संसद्बाट पारित गरिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए। त्यसपछि सभामुखले प्रक्रिया अघि बढाउँदै विधेयक पारित गराएका हुन्।
प्रकाशित मिति : बिहिबार, जेठ ०७, २०८३ |
१८:३४:४२
243



























