रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन तयारी तीव्र, कार्यतालिका सार्वजनिक
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३ | १७:५३:३१
चितवन, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनसम्बन्धी सांगठनिक तथा निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र संकलन गरिनेछ भने महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम मिति जेठ २५ गतेसम्म तोकिएको छ।
प्रकाशित मिति : आइतबार, जेठ १०, २०८३ |
१७:५३:३१
243
























