भ्रष्टाचार र बेथिति अन्त्य गर्न सरकार र रास्वपा प्रतिबद्ध : प्रधानमन्त्री बालेन शाह
प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३ | १७:४६:१४
चितवन, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार तथा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रष्टाचार र बेथितिविरुद्ध दृढतापूर्वक लागिरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुशासनलाई सरकारको प्रमुख प्राथमिकता बनाइएको स्पष्ट पारे।
उनले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको उल्लेख गर्दै विकास निर्माणका कामलाई समेत समानान्तर रूपमा अघि बढाइने बताए।
प्रधानमन्त्री शाहले भने, “हामीले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएका छौँ। यसको अर्थ विकासका काम रोक्ने भन्ने होइन। बेथिति हटाउने र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा सरकार र हाम्रो पार्टी पूर्ण रूपमा प्रतिबद्ध छ।”
प्रकाशित मिति : आइतबार, जेठ १७, २०८३ |
१७:४६:१४
199





















