ईश्वरी भुजेल हत्या प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३ | १८:२८:१९
चितवन, २३ जेठ । पूर्वगृहमन्त्री Sudhan Gurung ले ईश्वरी भुजेल हत्या प्रकरणमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ।
उहाँले आज प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिँदै सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
यसअघि उहाँले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाको जानकारी लिनुभएको थियो। प्रहरीले तारकेश्वर नगरपालिका–६ का ४२ वर्षीय कुमार थापा मगरले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको जनाएको छ।
प्रकाशित मिति : शनिबार, जेठ २३, २०८३ |
१८:२८:१९
45



















