परराष्ट्रमन्त्री शिशिर खनाल: नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सरकार प्रतिबद्ध
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३ | १०:२९:१६
चितवन, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ आयाममा विस्तार गर्दै अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। भारतीय सञ्चारमाध्यम ‘एनडिटिभी’सँग शनिबारको विशेष संवादमा उनले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा भारतसँग थप सहयोग, लगानी र सहकार्यको अपेक्षा रहेको बताए।
उनले विगतका विषयमा अल्झिनुभन्दा पारस्परिक लाभ र सकारात्मक भविष्यलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध अघि बढाइने उल्लेख गर्दै नेपाली जनताको जीवनस्तर सुधारका लागि नयाँ र बहुआयामिक सहकार्यका क्षेत्र पहिचान गरिने बताएका छन्।
प्रकाशित मिति : आइतबार, जेठ २४, २०८३ |
१०:२९:१६
485


























