काठमाडौँ उपत्यकामा २४ घण्टामा २,२५६ सवारीचालक कारबाहीमा
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३ | १०:३३:४५
चितवन, २४ जेठ । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २,२५६ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा रु ४ लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको छ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन (१५१), राइड सेयरिङ नियम उल्लङ्घन (१११), सिग्नल बत्ती उल्लङ्घन (१४२), तीव्र गति (२३०), लेन अनुशासन पालना नगर्ने (३३), निषेधित क्षेत्रमा हर्न बजाउने (१९३), सडक पेटीमा पार्किङ (११७), एकतर्फी सडकमा सवारी चलाउने (११८) तथा अन्य नियम उल्लङ्घन गर्ने १,१६१ जना रहेका छन्।
प्रकाशित मिति : आइतबार, जेठ २४, २०८३ |
१०:३३:४५
221

























