उच्चस्तरीय संसदीय टोलीद्वारा टीकापुर पार्कको अवलोकन
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३ | १५:१५:४४
चितवन, २४ जेठ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित पर्यटकीय गन्तव्य टीकापुर पार्कको प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको उच्चस्तरीय संसदीय टोलीले अवलोकन भ्रमण गरेको छ।
भ्रमणका क्रममा टोलीले पार्कको वर्तमान अवस्था, ऐतिहासिक महत्व तथा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे जानकारी लिएको थियो।
टोलीमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, विभिन्न प्रदेश सभाका सभामुख तथा उपसभामुखहरूको सहभागिता रहेको थियो। साथै, सुदूरपश्चिम प्रदेश सभाका सभामुख र उपसभामुखले स्थानीय आयोजकका रूपमा टोलीलाई साथ दिएका थिए।
प्रकाशित मिति : आइतबार, जेठ २४, २०८३ |
१५:१५:४४
155
























