धुन्चेमा हुण्डी रकमसहित एक जना पक्राउ, करिब १९ लाख रुपैयाँ बरामद
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३ | १६:३३:३५
चितवन, २४ जेठ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट प्रहरीले हुण्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट १९ लाख ५२ हजार रुपैयाँ नगद बरामद गरिएको छ।
उनीविरुद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, जेठ २४, २०८३ |
१६:३३:३५
133

























