नेप्से २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्बमाथि
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ | १५:५६:४७
चितवन, २५ जेठ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झरेको हो।
बजार घटे पनि ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
यस दिन कुल ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटक खरिद–बिक्री भएको तथ्यांक छ।
कारोबारका आधारमा कालिञ्चोक हाइड्रोपावर, क्रेस्ट माइक्रोलाइफ, सोपान फर्मास्युटिकल्स, सामुदायिक लघुवित्त र सिभिल बैंकलगायत कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।
समूहगत परिसूचकतर्फ फाइनान्स समूह ०.२६ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका सूचकहरू पनि नकारात्मक अवस्थामा बन्द भएका छन्।
प्रकाशित मिति : सोमबार, जेठ २५, २०८३ |
१५:५६:४७
309



























