पाकिस्तानमा पर्यटक बस दुर्घटना, १० जनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, जेठ २८, २०८३ | १५:५६:४५
चितवन, २८ जेठ । उत्तरी पाकिस्तानमा पर्यटक बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार इस्लामाबाद–मुर्री एक्सप्रेसवेको खाजोट क्षेत्र नजिक बसले मोडमा नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। सडकबाट तल खस्नुअघि बसमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका सबै यात्रु एउटै परिवारका सदस्य रहेको बताइएको छ। उनीहरू मुल्तानबाट पर्यटकीय क्षेत्र मुर्रीतर्फ जाँदै थिए। यात्रुहरूमध्ये अधिकांश बालबालिका रहेका थिए।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले पाकिस्तानी अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरेका छन्।
प्रकाशित मिति : बिहिबार, जेठ २८, २०८३ |
१५:५६:४५
133
























