बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ
प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३ | ९:४४:३२
चितवन, ३० जेठ । बैंकिङ कसुरसम्बन्धी आरोपमा चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा आर्थिक लेनदेनसम्बन्धी विवादपछि उनीमाथि बैंकिङ कसुरको आरोप लागेको हो।
आरोपअनुसार साहले करिब १ करोड ३० लाख रुपैयाँमा रेष्टुरेन्ट खरिद गरेका थिए। तर सम्झौताअनुसारको केही रकम भुक्तानी नगरेपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, जेठ ३०, २०८३ |
९:४४:३२
309


























