लगातार दोस्रो दिन घट्यो नेप्से
चितवन, ०२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से ६.३१ अंकले घटेर २,७०५.४५ विन्दुमा पुगेको छ। यसअघि सोमबार पनि बजार १२.२६ अंकले घटेको थियो।
आजको कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बजारमा कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। एक करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ५८ हजार ११६ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दोल्ती पावर कम्पनी, बुंगल हाइड्रो र मेन्छियम हाइड्रो उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
यता सयपत्री हाइड्रो, युनिक नेपाल लघुवित्त, एनएमबी डिबेन्चर, कालिन्चोक हाइड्रो र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।
समूहगत सूचकतर्फ म्युचुअल फन्ड ०.०५ प्रतिशत र व्यापार समूह ०.३१ प्रतिशतले बढे पनि बाँकी ११ समूहको सूचक भने घटेको छ।

























